प्रतिनिधि सभाको बैठक जारी
काठमाडाैं | साउन १७, २०७९
काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
मङ्गलबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भएको खानेपानी तथा सरसफाई विधेयक २०७७ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ ।
सङ्घीय संसदको महासचिपव डा। भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देसहित प्राप्त शपथसम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको जानकारी दिनुभयो ।
त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त स्टाण्डर्ड नाप र तौल ९पाचौं संशोधन० विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
यसैगरी, मन्त्री बडूले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त प्रत्यायन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुहुने ।
प्रधानमन्त्री देउवाले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त तथ्याङ्क विधेयक, २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

